बिएल संवाददाता
काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको खबरदारी सभामा घुसपैठ गरेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राप्रपाको विरोध सभामा अवाञ्छित गतिविधि गरेको आशंकापछि राप्रपाकै स्वयंसेवकले उनीहरूलाई पक्राउ गरेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका-४ का ४२ वर्षीय भरत वली, धादिङ रुविभ्यालीका ३० वर्षीय रमेश लामा, रामेछापको मन्थलीका १८ वर्षीय सुवास खड्का र नवलपुरका २७ वर्षीय रञ्जित क्षेत्री छन्। खड्का बल्खुमा र अरु तीनजना कीर्तिपुरमा बस्दै आएका छन्।
उनीहरूलाई प्रहरी वृत्त कालिमाटीमा राखिएको प्रहरीले बताएको छ। उनीहरूले आफूहरू कुनै पनि दलमा आवद्ध नरहेको दाबी गरेका छन्।
प्रहरीले उनीहरूमाथि अनुसन्धान थालिसकेको छ। घुसपैठको आरोपमा पक्राउ पर्नेहरूको संख्या अझै बढ्न पनि सक्ने प्रहरीको अनुमान छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया