बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राप्रपाले बल्खुको कार्यक्रमपछि आफैं फोहोर उठाएको भन्दै धन्यवाद दिएका छन्।
सोमबार बल्खुमा राप्रपाले खबरदारी सभा आयोजना गरेको थियो। उक्त कार्यक्रमपछि राप्रपाका स्वयंसेवकहरूले आफैं सरसफाइ गरेका थिए। राप्रपा नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई फोहोर उठाउन निर्देशन नै गरेका थिए।
बालेनले कसैलाई जरिवाना तिराउन नभइ कसैले पनि सार्वजनिक ठाउँमा फोहोर नगरुन भन्ने महानगरको चाहना रहेको बताएका छन्।
बालेनले भनेका छन्, ‘कसले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफै| सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कार्यक्रमको अन्त्यमा सभास्थल वरिपरीको फोहोर आफैं सफा गर्ने भन्दै बालेनलाई पत्र काटेर हिरो नबन्न चेतावनी दिएका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया