बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राप्रपाले बल्खुको कार्यक्रमपछि आफैं फोहोर उठाएको भन्दै धन्यवाद दिएका छन्।
सोमबार बल्खुमा राप्रपाले खबरदारी सभा आयोजना गरेको थियो। उक्त कार्यक्रमपछि राप्रपाका स्वयंसेवकहरूले आफैं सरसफाइ गरेका थिए। राप्रपा नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई फोहोर उठाउन निर्देशन नै गरेका थिए।
बालेनले कसैलाई जरिवाना तिराउन नभइ कसैले पनि सार्वजनिक ठाउँमा फोहोर नगरुन भन्ने महानगरको चाहना रहेको बताएका छन्।
बालेनले भनेका छन्, ‘कसले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफै| सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कार्यक्रमको अन्त्यमा सभास्थल वरिपरीको फोहोर आफैं सफा गर्ने भन्दै बालेनलाई पत्र काटेर हिरो नबन्न चेतावनी दिएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया