बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राप्रपाले बल्खुमा गरेको खबरदारी सभाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको पुष्टि भएको व्यंग्य गरेका छन्।
कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राप्रपाले लाखौं मान्छे ल्याउने अनुमान गरिएपनि उनीहरू आफ्नै कारण नांगिएको टिप्पणी गरे।
उनले भने, ‘आज कति मान्छे जुटाउलान् बल्खुमा भन्ने लागेको थियो । ७ हजार मान्छे ल्याए रे ! तपाईंहरू पनि हेर्नुहोला। राजेन्द्र लिङ्देनले राप्रपाले बल्खुमा अहिले जम्मा गरे रे ! प्रतिस्पर्धामा हामीले ६० हजार मान्छे ल्याएका थियौं भने उनीहरूले डेढ-दुई लाख मान्छे ल्याउँछन् कि भन्ने लागेको थियो सकेनन्। जनता हाम्रो साथमा छन्।’
नेपालले राजावादीहरूले आफ्नो पार्टी कार्यालयमा आक्रमण गरेर यसअघि नै नांगिसकेको टिप्पणी गरे। आजको प्रदर्शनले राप्रपाको स्वरुप देखिएको उनको भनाइ छ।
नेपाल भन्छन्, ‘उनीहरूले आफ्नो वास्तविक स्वरूप देखाए राम्रै भयो। आफ्नै व्यवहारले गर्दा नांगिए। नकारात्मक सन्देश दियो। हाम्रो पार्टीमाथि आक्रमण गरे। आगो लगाए, कम्युटर, प्रिन्टर, पंखा चोरेर भागे। मेरो घरमा पनि आक्रमण गरे। तोडफोड र आक्रमणमा उत्रिएपछि तीनिहरू नांगिएका छन्।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया