बिएल संवाददाता
गत चैत १५ गतेको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय शक्ति नेपाल ललितपुरका अध्यक्ष कमल विष्ट पक्राउ परेका छन्।
ललितपुरको ठेचो घर भएका विष्टलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो।
उनी राप्रपा नेपालका नेता केशरबहादुर विष्ट निकट मानिन्छन्। विष्टलाई तीनकुने घटनामा संलग्न भएको र आईजीपी दीपक थापाविरुद्ध अश्लिल गालीगलौच गरेको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो।
पक्राउ परेलगत्तै विष्टले आईजीपी थापाविरुद्ध फेसबुकमा गरेको पोष्ट हटाइएको छ।
विष्टले राजावादी आन्दोलन हिंसात्मक बनेपछि अबको आन्दोलन श्रीलंका र बंगलादेशको मोडेलमा सञ्चालन गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए।
उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया