बिएल संवाददाता
नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रुपमा अमेरिका पुग्ने बाटो निकै खतरनाक रहेकोले आफ्नो ज्यानलाई जोखिममा नहाल्न आग्रह गरेको छ।
दूतावासले बुधकार सामाजिक सञ्जालमार्फत गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने भएकोले यस्तो बाटो अनपनाउन आग्रह गरेको हो।
दूतावासले भनेको छ, ‘आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन्। यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ।’
त्यस्तै अमेरिकी सरकारले गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गरिरहेको जनाएको छ। दूतावासले अमेरिकाले आफ्नो सीमानाहरू बलियो नाएर अवैध आप्रवासी रोक्ने र अमेरिकी नागरिकहरूको सुरक्षालाई ध्यान दिने जनाएको छ।
दूतावासले भनेको छ, ‘हाम्रा सीमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैरकानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया