बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
मंगलबार मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुपर्यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुपर्यो भन्दै आग्रह गरिन्।
सोही क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएका छन् सबैको सरकारले निःशुल्क उपचार गर्ने बताए।
बाहिरबाट औषधी किनेको भएपनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जाने र त्यो बराबरको भुक्तानि हुने पनि उनले जानकारी दिए।
उनले भने, ‘जतिपनि घाइतेहरू यहाँ आउनुभयो उहाँहरूको सरकारले निःशुल्क उपचार गर्ने भनेर निर्णय गरिसकेको छ। सरकारको प्रतिबद्धता छ। सबै घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरे कि गरेनन् भनेर नै म हेर्न आएको हो। बाहिरबाट औषधी किनेको भएपनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यो बराबरको भुक्तानी हुन्छ।’
कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो। रेविकाको अवस्थामा केही सुधार आएसँगै हिजो आईसीयूबाट क्याबिनमा सारिएको छ।
रेविकाका दाइ दिनेश भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया