बिएल संवाददाता
चीनले अमेरिका यात्रा गर्ने आफ्ना नागरिकका लागि केही सल्लाह र सुझावसहित ‘सावधानी अपनाउन’ भनेको छ।
चिनियाँ संस्कृती तथा पर्यटन मन्त्रालयले अमेरिका जाने चिनियाँका लागि ‘एड्भाइजरी’ जारी गर्दै सावधान हुन भनेको हो।
केही दिनयता अमेरिका र चीनबीच भन्सारसम्बन्धि ‘कर युद्ध’ चलिरहेको छ।
‘चीन-अमेरिकाको आर्थिक तथा ब्यापारिक सम्बन्धमा आएको तनाव तथा अमेरिकाको घरेलु सुरक्षाका अवस्थाका कारण अमेरिका यात्रा गर्दा हुने जोखिमहरूको मूल्याङ्कन गर्न सावधानीपूर्वक यात्रा गर्न चिनियाँ नागरिकलाई स्मरण गराउन चाहन्छौं’ मन्त्रालयले भनेको छ।
अमेरिकाले लगातार भन्सार करमा वृद्धि गर्दै चीनले अमेरिका निर्यात गर्ने सामग्रीमा १२५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको छ। तर अरु देशका लागि भने कम्तीमा ९० दिनसम्म कर स्थगितको घोषणा पनि अमेरिकाले गरेको छ।
योबीचमा चीनले पनि अमेरिकी सामग्रीहरूमा ८४ प्रतिशत कर पुर्याएर ‘अन्तिम अवस्थासम्म लड्ने र अमेरिकासँग नझुक्ने’ चेतावनी दिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया