बिएल संवाददाता
नेपाल एकता पार्टीले राजावादी आन्दोलनका क्रममा पक्राउ परेका, नजरबन्दमा रहेका र फरार रहेका नेताहरूलाई नागरिकलाई अभिनन्दन गरेको छ।
पार्टीका अध्यक्ष महेन्द्रजंग शाहसहितका नेताहरूले घरमै नजरबन्दमा राखिएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी, प्रहरी हिरासतमा रहेका राप्रपा नेपालका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवलशमशेर राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भेटेर अभिनन्दन गरेका हुन्।
पार्टीले तीनकुने आन्दोलनपछि फरार रहेका कमाण्डर दुर्गा प्रसाईंलाई समेत अभिनन्दन गरेको पार्टीका प्रवक्ता उज्वल घिमिरेले बताए।
नेताहरूलाई अभिनन्दन गरिएको पत्रमा भनिएको छ, ‘विगत लामो समयदेखी राजसंस्थात्मक शासन प्रणालीका लागी अनुशासित भई दक्षतापूर्ण, इमान्दारीता र लगनशिलताका साथ स्वर्णिम चेतनालाई नेपाल र नेपालीको मन मुटुमा पुर्याउन यहाँले पुर्याउनु भएको अतुलनिय योगदानलाई थप उर्जावान बनाउँदै तपाईंको उत्प्रेरणा, शुभाषिर्वाद, शुभेच्छा, शुभकामना प्रति निरन्तर प्रतिबद्द रहने प्रतिबद्दतालाई कायम राखी यहाँको वैचारिक विशिष्टता र स्वर्णिम चेतनाको वैभवको निम्ति अभिनन्दन गर्दछौं।’




निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया