बिएल संवाददाता
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्र विजयी भएका छन्।
एसोसिएसनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयी भएको घोषणा गरिएको हो।
बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन्।
उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन्। बारमा मिश्रको प्यानल नै विजयी भएको हो।
महासचिवमा पनि डा. मिश्रको समूहमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जितेका छन्।
मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालामा अनुसार मिश्रले ५०५२ र कोइरालाले ५०८७ मत प्राप्त गरेका हुन्।
मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन्।
यस्तो छ अन्तिम परिणाम-
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया