बिएल संवाददाता
बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव कांग्रेस नेता उमेशजंग रायामाझीले आफ्नो सहकारी ‘रविको सहकारी’ नभएको भन्दै भ्रष्टाचार र ठगी नहुने टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले बीपीको नाममा स्थापना भएको संस्थाले ठगी नगर्ने दाबी गरेका हुन्।
उनले भने, ‘केही कमिकमजोरीहरू भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौं। यो सहकारी ‘रविको सहकारी’ होइन। यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन, स्वास्थ्य सेवा दिन बीपीको नाममा स्थापना भएको संस्था हो। एक पैसा खाने छैन र खान दिनेछैन।’
बीपी कोईरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निःशुल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ।
उनी भन्छन्, ‘बीपी कोईरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निःशूल्क सेवा गर्ने निर्णय गरेका छौं। कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौं। कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किनु पर्दैन। यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया