बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै नेता उस्तै हुन् भन्ने भाष्य गलत भएको दाबी गरेका छन्।
शनिबार वर्तमान राजनीतिक परिप्रेक्ष्यका विषयमा कुराकानी गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाउने सरकार र भ्रष्टाचारीलाई बचाउन सम्पूर्ण शक्ति प्रयोग गर्ने सरकार उस्तै हुन् भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन्।
‘जसरी सबै नेता उस्तै भन्ने छ, त्यो गलत छ भन्ने मेरो भनाई छ। मेरो त गहिरो आरोप छ। मान्छेहरूले यस्तो किन भन्छन्?’ उनले भने।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर-दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दास्रो पटकमा लोडसेडिङ अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए।
उनले भने, ‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भ्रष्टाचारका विरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै, भ्रष्टाचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ। मान्छेले भन्ने गरेका छन्- नेतातन्त्र, तीनजना नेता भन्ने गरेका छन् यो नै वैज्ञानिक छैन। कुन नेता कति राम्रो, कति नराम्रो हरेकको अलग अलग छानविन हुनुपर्यो। गम्भीर नागरिक, बुद्धिजिवीहरूले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ।’
उनले ऐतिहासिक रेकर्ड बनाउने सरकार र रेकर्ड भत्काउने सरकार उस्तै नहुने बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया