बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २०औं वर्षमा गर्न नसकेको काम आफूले ३ वर्षमा गरेको दाबी गरेका छन्।
शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारीजस्ता राजमार्ग तीन वर्षमा बनाइएको बताएका हुन्।
यो पनि-
प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए। प्रधानमन्त्रीले स्टन्टबाजी गरेर देश चल्न नसक्ने बताए। उनले भने, ‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडी हाँक्छु भनेजस्तै हो।’
उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए। देशमा स्थायित्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ। उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं। अब देशले थप गति लिन्छ।’
नयाँ भन्नेहरूको हालत देखिएको, जथाभावी छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरे। ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राजा फर्काउछौं भनेर हिडेको असली स्वरुप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ।
सरकारका सबै सूचकांक सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरे। उनले झापाका कृषहरूलाई आधुनिकीकरण गरेर प्रगति गर्न आग्रह गरे।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया