बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २०औं वर्षमा गर्न नसकेको काम आफूले ३ वर्षमा गरेको दाबी गरेका छन्।
शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारीजस्ता राजमार्ग तीन वर्षमा बनाइएको बताएका हुन्।
यो पनि-
प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए। प्रधानमन्त्रीले स्टन्टबाजी गरेर देश चल्न नसक्ने बताए। उनले भने, ‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडी हाँक्छु भनेजस्तै हो।’
उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए। देशमा स्थायित्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ। उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं। अब देशले थप गति लिन्छ।’
नयाँ भन्नेहरूको हालत देखिएको, जथाभावी छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरे। ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राजा फर्काउछौं भनेर हिडेको असली स्वरुप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ।
सरकारका सबै सूचकांक सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरे। उनले झापाका कृषहरूलाई आधुनिकीकरण गरेर प्रगति गर्न आग्रह गरे।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया