बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय आफूलाई ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइएको भन्दै गुनासो गरेका छन्।
शनिबार खिमलाल देवकोटाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई हत्यारा भनिरहँदा आफूले एकजना मान्छेलाई पनि कहिल्यै नपिटेको बताए।
‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो। राज्यपक्ष र विद्रोहीले कति गर्यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ। आजभोलि त प्रचण्डले भन्न थालिएको छ,’ प्रचण्डले भने, ‘मैले एक जनालाई पनि पिटेको छैन अहिलेसम्म। हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु। तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन।’
सेना समायोजन र हतियार व्यवस्थापनका लागि पनि सबैभन्दा बढी जोखिम माओवादीले उठाएको उनको जिकीर थियो। उनले यस विषयमा पार्टीका नेता/बुद्धिजिवीहरू मौन बसेकोमा असन्तुष्टि व्यक्त गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया