बिएल संवाददाता
पर्साको वीरगञ्जमा दुई पक्षबिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछी वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशमा आज साँझ ६ः३० बजेदेखि
आइतबार मध्याह्न १२ बजेसम्म रहने उल्लेख छ। पूर्वमा भेडियाहिचोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी गरेको छ।
सो सिमानाभित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउलगायत गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको ह । हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि झडप भएको थियो।
उक्त शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबिच झडपमा भएको बताइएको छ।
झडपमा केही स्थानीयवासी र प्रहरीसमेत घाइते भएका छन्। उनीहरूको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ।

संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया