बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँवर्ष २०८२ को शुभकामना सन्देश जारी गरेका छन्।
शभकामना सन्देशमा पूर्वराजाले तीनकुने घटनाको बारेमा दुःख व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘केही दिनअघिको जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जुनप्रकारको मानवीय र भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।’
उनले सबै नेपालीहरूलाई एकतावद्ध हुन आह्वानसमेत गरेका छन्। उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद नहुने बताए।
उनले भनेका छन्, ‘हाम्राे आह्वान कसैकाे निजी स्वार्थपूर्तिका लागि हाेइन। कुनै सैद्धान्तिक वाद र विचारकाे हाेइन। समग्र नेपाल र नेपालीकाे सुखमय प्रतिष्ठाकाे निम्ति हाे। हरेक समस्याकाे समाधान आसपी सहकार्य, समन्वयबाट हुन्छ।’
पूर्वराजाले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमाेजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाकाे परम्परामा आफ्नो मान्यतामा सधैं अडिग रहेको बताएका छन्।
‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमाेजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाकाे परम्परामा हाम्राे मान्यता अडिग छ,’ उनले भनेका छन्, ‘मुलुकमा ब्याप्त, अशान्ति, अराजकता निराशाबाट आम नेपालीलाई मुक्त गर्न नेपालकाे राजसंस्थाले जहिले पनि याेगदान पुर्याएकाे यथार्थता छ।’
उनले राज्यस्राेतकाे शक्ति जनता भएको र पृथ्वीनारायण शाहकाे दिव्याेपदेशलाई नै राष्ट्र निर्माणकाे मूलमन्त्र मान्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया