बिएल संवाददाता
नयाँबर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन्।
परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन्। उनीहरूले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरू खिचेका थिए। त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन्।
परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवर्द्धनका लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन्।
मन्त्री देउवासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे। होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन्।
‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिइएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अमृत राईसहित सुर्योदय नगरपालिकाका जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।
राजदुतहरूले कन्याममा झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए।
सोमबार अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, अन्तुपोखरीमा वोटिङ, टि-टेस्टिङ, टि-प्लकिङ र फिसिङ कार्यक्रममा सहभागी भइरहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया