बिएल संवाददाता
नयाँबर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन्।
परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन्। उनीहरूले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरू खिचेका थिए। त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन्।
परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवर्द्धनका लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन्।
मन्त्री देउवासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे। होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन्।
‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिइएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अमृत राईसहित सुर्योदय नगरपालिकाका जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।
राजदुतहरूले कन्याममा झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए।
सोमबार अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, अन्तुपोखरीमा वोटिङ, टि-टेस्टिङ, टि-प्लकिङ र फिसिङ कार्यक्रममा सहभागी भइरहेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया