बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषदले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरू बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए।
उनले भने, ‘कांग्रेसले भरोसा दिन सकेको छैन। नेकपा एमालेसँग मिलेर सरकारमा गयौं। एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरूमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं। खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो। त्यो पनि ढिला भएको छ।’
त्यस्तै उनले २०६० देखि ७० सालसम्मको १० वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरूको व्यवस्थापन गर्दै बितेको बताए। अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको उनको भनाई छ।
उनले भने,‘अब दौडने बेला भयो। संविधान पनि बन्यो सिस्टम पनि बन्यो। त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ। अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ।’
त्यस्तै उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी गरे।
उनले भने, ‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं। त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ। ‘तर, हामी मिसिन गएको होइन। सफा गर्न गएको हो। हामी मिसिदैनौं। त्यसकै अंग बन्न गएकै होइन।’
देशमा रकेटको गतिकामा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा बढेको भन्दै उनले सरकारले अपेक्षित गति पकड्न नसकेको टिप्पणी गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया