बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आन्दोलनरत शिक्षकहरूसँग छलफलमा जुटेका छन्।
सरकारले शिक्षकहरूको माग सम्बोधनमा चासो नदिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला महामन्त्रीद्वयले शिक्षक अगुवाहरूलाई सानेपा बोलाएर छलफल गरेका हुन्।
यतिबेला देशभरका शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलनमा छन्। महामन्त्रीद्वयले शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
कांग्रेस निकट शिक्षकहरूले केही दिनअघि सभापति शेरबहादुर देउवालाई भेट्न निवासमै पुगेका थिए।
सभापति देउवासहित महामन्त्री थापालगायत नेताहरूले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन्।
गगन थापाले मन्त्रिपरिषदले नै गर्नसक्ने मागलाई सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया