बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आन्दोलनरत शिक्षकहरूसँग छलफलमा जुटेका छन्।
सरकारले शिक्षकहरूको माग सम्बोधनमा चासो नदिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला महामन्त्रीद्वयले शिक्षक अगुवाहरूलाई सानेपा बोलाएर छलफल गरेका हुन्।
यतिबेला देशभरका शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलनमा छन्। महामन्त्रीद्वयले शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
कांग्रेस निकट शिक्षकहरूले केही दिनअघि सभापति शेरबहादुर देउवालाई भेट्न निवासमै पुगेका थिए।
सभापति देउवासहित महामन्त्री थापालगायत नेताहरूले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन्।
गगन थापाले मन्त्रिपरिषदले नै गर्नसक्ने मागलाई सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया