बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टाचारी, विचौलिया र दलालहरू मिलेर आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन्।
हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदैगर्दा आफूलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेको बताएका हुन्।
उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, विचौलिया, दलालहरू मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो। संविधान मिचेर रातको अँध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन्।’
साथै उनले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरी लडाई लड्ने बताए। उनले सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया