बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी ‘बा’को पार्टी नभएकोले फरक मत र आलोचना गर्न पाइने टिप्पणी गरेका छन्।
बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उनले सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसमा एमालेजस्तो प्रश्नमा निषेध नरहेको जिकिर गरे।
उनले भने, ‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन। यहाँ कोही भीम रावल बन्दैन। किनकी यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बा को पार्टी होइन।’
उनले कांग्रेसका मन्त्रीहरूले गरेको कामको प्रचार आफैंबाट हुनुपर्ने जिकिर गरे।
उनले भने, ‘हामीले गरेको कामको प्रचार हामीले गरेनौं भने फेरि अरु कसैले पनि गर्दैन। हाम्रो साथीहरूले काम गर्ने प्रयासहरू गरिरहनुभएको छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया