बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग (टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरूकै कारण ढिलाई भइरहेको बताए।
उनले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्वन्द्वपीडितहरू सबैलाई न्याय दिने अहिलेको आयोगहरूको उदेश्य रहेको बताए। उनले आयोगमार्फत काम गरेर पीडितहरूलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरूलाई सक्रिय बनाइने र सबै पीडितहरूलाई न्याय दिइने बताए।
उनले भने, ‘नेकपा एमालेले एकल सरकार बनाएर ऐतिहासिक कामहरू गरिसकेको छ। ति ऐतिहासिक कामहरूबाट ग्रसित अस्तित्व संकटमा परेको महशुस गर्दै एमालेलाई त्यसबेला सरकारबाट विस्थापित गरिएको थियो। तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविन जस्ता आयोगहरूमा पदाधिकारी नियुक्ती गरेर काम अगाडि बढाउने प्रक्रियामा छौं। यसमा ढिलाइ भनेको द्वन्द्वपीतितहरूको कारणले होइन्। राजनीतिक कारणले नै ढिलाई भएको छ। अब ढिलाई नगर्ने प्रयास जारी राखेका छौं। पीडितहरूको पीडा हामीले बुझेका छौं। जेल-नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया