बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ०८४ सम्म सरकारमा गएर फेरि अर्को गल्ती नगर्ने बताएका छन्।
हुलाकी राजमार्ग केन्द्रीत जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले जनतामा फेरि माओवादीप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने बताए।
उनले भने, ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ। सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ। सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ। बिल्कुल होइन।’
कुर्सीका लागि आफूलाई कुर्सीका लागि जेपनि गर्न तयार हुने भन्दै लाग्ने गरेको आरोपको पनि खण्डन गरेका छन्। उनले आफू कुर्सीका लागि मरिहत्ये गर्ने भए आफ्नो कुर्सी नै नजाने पनि टिप्पणी गरे।
उनले आफूहरूले विगतमा बाटो बिराए पनि अहिले ठीक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको पनि बताए।
उनले भने, ‘हामी अब फेरि त्रुटि गर्ने पक्षमा छैनौं। यदि कुर्सी प्राप्तिका लागि जे पनि गर्ने भए मेरो कुर्सी जानेवाला नै थिएन। म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे। यदि मैले भ्रष्टाचारविरुद्धको अभियान छोडिदिएको भए। राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरूलाई छोडिदिएको भए। या केही भ्रष्टाचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्नेवाला नै थिएन।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया