बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन्।
बिहीबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले पार्टीबाट राजीनामा दिएको नभई सहमहामन्त्री पदबाट मात्र राजीनामा दिएको बताइन्।
उनले दुई हप्ता अगाडि नै राजीनामा दिएको समेत बताइन्।
एक व्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुने भन्दै पार्टी नेतृत्वसँगको छलफलपछि आफूले राजीनामा दिएको उनको भनाइ थियो।
श्रेष्ठको राजीनामाबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा बढाइने कार्यवाहक सभापति डोल प्रसाद अर्यालले बैठकमा जानकारी गराएका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया