बिएल संवाददाता
प्रमुख प्रतिपक्ष नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको नेतृत्वको सरकारलाई असंवैधानिक र षड्यन्त्रमूलक भन्दै त्यो बेला बरु शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुपर्ने दोहोर्याएका छन्।
कपिलवस्तुमा पार्टीको तराई-मधेस जागरण अभियान अन्तर्गत भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो संख्याको बलमा आफूलाई हटाए पनि ठूलो दलको हैसियतले नेपाली काँग्रेसका सभापति देउवा नै प्रधानमन्त्री हुनुपर्थ्यो भनेका हुन्।
यसअघि पनि एमालेलाई छोडेर आए नेपाली काँग्रेसलाई साथ दिन आफूहरू तयार भएको भन्दै उनले देउवालाई भेट्ने प्रयास पनि गरेका थिए।
उनले सरकारका हरेक क्रियाकलापहरू जनभावनाविपरीत गइरहेको भन्दै अब आफ्नै बोझले सरकार ढल्नसक्ने सम्भावना आफूले देखिरहेको पनि बताए।
‘सरकारका हरेक क्रियाकलापहरू राष्ट्र र जनताका भावना विपरीत गइरहेका छन्’ प्रचण्डले भने ‘यो सरकार हामीले ढाल्न पर्दैन। आफ्नै बोझले ढल्छ।’
यसअघि पनि प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया