बिएल संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्डको बैंकक जान लागेकी छन्।
यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप)’को ८१ औं सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री राणा भोलि बैंकक जान लागेकी हुन्।
नेपाल हाल यूएनस्केपको अध्यक्ष छ। अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।
सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ।
बैंकक भ्रमण सकेर परराष्ट्रमन्त्रीकव टोली अप्रिल २५ मा स्वदेश फर्कने कार्यतालिका छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया