बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
राप्रपाले भोलि निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। आन्दोलनको तयारीबारे छलफल गर्न शुक्रबार मात्र राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च मिटिङ गरेका छन्।
यसैबीच गृहमन्त्रालयले राप्रपाको नामबाट भोलि प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले शनिबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया