बिएल संवाददाता
हजारौं शिक्षकले २० दिनदेखि ढाकिरहेको माइतीघर-वानेश्वर सडकमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति प्रदर्शन गर्दैछ। शिक्षकहरूले भने बिहानैदेखि प्रदर्शनमा छन्। राप्रपाले सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनाएर निषेधित क्षेत्र तोड्ने भनेर यसअघि नै उद्घोष गरिसकेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ। आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो।
त्यसका लागि राप्रपाले आफ्ना समर्थकहरूलाई १२ बजे बिजुली बजारमा जम्मा हुन भनेको छ। त्यसमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित बरिष्ठ नेताहरू पनि सहभागी हुनेछन्। राजावादीहरूको मोर्चाले पनि यो आन्दोलनलाई समर्थन गरेको छ।
प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी जानकारी दिएका छन्।
उनले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने गतिविधि सह्य नहुने बताएका हुन्।
विज्ञप्तिमा लेखिएको छ,‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ।’
यस्तै, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने राप्रपा हिंसाको पक्षमा नरहेको भन्दै प्रहरीलाई नै संयमता अपनाउन भनेका छन्। उनले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएका छन्।
गत चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक भएपछि दुबै पक्षको आलोचना भएको थियो। आज बिहानैदेखि सडकमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया