बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज शान्तिपूर्ण प्रदर्शन हुने भएकाले सरकार नडराउन भनेका छन्।
आज निषेधित क्षेत्र तोड्ने र परिआए सामूहिक गिरफ्तारी दिनसमेत पछि नपर्ने चेतावनी दिँदै राप्रपाले प्रदर्शन आह्वान गरेको छ।
उसको त्यो चेतावनीलगत्तै गृहमन्त्रालयले कानुनविपरीत नजान भन्दै अर्को चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो।
‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो’ लिङ्देनले भनेका छन् ‘जहाँ हामी सिमित नेताहरू मात्रै सहभागी हुनेछौं। वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’
आज बिहानैदेखि शिक्षकहरू पनि आन्दोलनमा छन्। दिउँसो राप्रपाले बिजुली बजार पुलमा जम्मा हुन आफ्ना समर्थकहरूलाई भनेको छ।
गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएको थियो। तोडफोड, आगजनी र लुटपाट भएको थियो र एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो।
आज बिहानैदेखि काठमाडौंका सडकमा प्रहरीको बाक्लो उपस्थिति छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया