बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्।
आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रविपत्नी निकिता पौडेल लामिछानेले आइतबार निवेदन दर्ता गराएकी हुन्। लामिछानेको रिट निवेदनमा सोमबारलाई पेसी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ।
आफूलाई थुनामा पठाउने उच्च अदालतको बुटवल तुलसीपुर इजलासको आदेशविरुद्ध उनले सर्वाेच्चमा निवेदन दिइसकेका छन्। तर, त्यसमा आदेश आउन ढिला हुने भएपनि उनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका उनलाई अदालतले थुनामा पठाउने आदेश दिएको थियो।
उनी यतिबेला भैरहवा कारागार पुर्पक्षका लागि थुनामा छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया