बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्।
पूर्व-पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पुर्याउने बताएका हुन्।
उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ। हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ।’
प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइसकेको दाबी गरे।
उनले चितवन भौगोलिक दृष्टिले केन्द्रमा रहेको भन्दै शिक्षा, स्वास्थ्य, पर्यटन र समग्र विकासको हिसाबले थप सुदृढ बनाउने प्रतिवद्धता जनाए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया