बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्टाचारीको रक्षा गर्न भएको बताए।
उनले भने, ‘अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको सरकारको जन्म नै अप्राकृतिक छ। अलोकतान्त्रिक छ, अपारदर्शी छ, असंवैधानिक छ। यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो। यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौं र लाखौं शिक्षक सडकमा छन। ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ।’
उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए। उनले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रुपमा संवाद गर्नसमेत सरकारलाई सुझाव दिए।
उनले भने, ‘शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो विद्येयक संसदमा पुर्याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई छलफल गरेर टुंग्याउनेबारे शिक्षकहरुसँग किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिन्छ?’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया