बिएल संवाददाता
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस-एमालेबीचमा भएका सहमतिमा दायाँबायाँ नहुने बताएका छन्।
पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारका केही कमीकमजोरी भएपनि त्यसलाई सच्याउँनुपर्ने तर दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए।
उनले सभापति देउवाले पनि सरकारको कार्यशैली सुधार गर्नुपर्ने बताएको उल्लेख गर्दै नागरिकका भावना र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताए।
उनले भने, ‘सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ। त्यसलाई सच्याउनुपर्छ। प्रधानमन्त्रीलाई हामीले भनेका छौं, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ।’
त्यस्तै उनले संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य बताउँदै एमालेसँगको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको स्वीकार गरे।
उनले भने, ‘संयन्त्रमा म पनि छु पार्टीको तर्फबाट। त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन। अब चाँडै नै भएको सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने, त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद रहेका अन्य दलहरूसँग संवाद गर्नुपर्छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया