बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको अवस्था बदलिन नसक्दा आम असन्तुष्टिहरू देखा पर्नु स्वाभाविक रहेको बताएका छन्।
बिहीबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै महामन्त्री थापाले लोकतान्त्रिक व्यवस्थामा पनि नागरिकको अवस्था बदलिन नसकेको स्वीकार गरेका हुन्।
उनले राजतन्त्रलक्षित गर्दै लोकतन्त्रमा आम असन्तुष्टि स्वाभाविक भएपनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन नसक्ने टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन। लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ। समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले हामी सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस्। लोकतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना!’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया