बिएल संवाददाता
एमाले नेता महेश बस्नेतले पूर्व ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन्।
बिहीबार फेसबुकमा स्टाटस देख्दै बस्नेतले तामाङमाथि राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीले बर्खास्त गरेको दाबी गरेका छन्।
बस्नेतले तामाङले ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गरेको पनि आरोप लगाएका छन्।
उनले तामाङले पद खुस्किएपछि प्रधानमन्त्री ओलीको विरुद्ध अनेक आरोप लगाउँदै हिँडेको भन्दै एमाले पङ्क्तिको हातमा पनि दही जमेर नबसेको चेतावनी दिएका छन्।
बस्नेतको स्टाटसः
भ्रष्टाचार विरुद्ध आवाज उठाऔं- पारदर्शिता र जवाफदेहिता बढाऔं
ठेकेदार कान्छाराम उर्फ पुर्ण बहादुर- जसको नाममा २० भन्दा बढी योजना कालो सूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छl
उर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ।
अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो।
तर जो चोर उसकै ठुलो स्वर भने झैं अचेल कान्छाराम मिडियामा प्रधानमन्त्री विरुद्ध राजनितिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटंकी गरिरहेको छ।
याद गरेस: एमालेको पंक्ति को हातमा पनि दही जमेर बसेको छैनl अब समय आयो
-भ्रष्ट र बेइमान हरुको पर्दाफास गरौं
-इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्री ज्यूले चालेको कदम सँगै उभियौं।
-साथ दिउँ, परि आए ज्यान दिउँ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया