बिएल संवाददाता
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई मन्त्रालयबाट हुने सबै सहयोग रोक्ने चेतावनी दिएका छन्।
आवासीय चिकित्सकलाई ८औं तहको निर्वाह भत्ता दिनुपर्ने सरकारले निर्णय गरेपनि निजी मेडिकल सञ्चालकहरूले श्रमशोषण गरेको आरोप लगाउँदै चिकित्सकहरूले आन्दोलन थालेका छन्।
बिहीबार नेपाल चिकित्सक संघ, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समितिसँगको छलफलमा मन्त्री पौडेलले सरकारको निर्णय कार्यावन्यन नगरेसम्म मन्त्रालयबाट कुनै पनि सहयोग नहुने बताए।
‘निजी मेडिकलले ४८ हजार निर्वाह भत्ता कार्यावन्यन नगरेसम्म मन्त्रालयसँग सरोकार रहेका कुनै पनि काम अगाडी बढ्दैन। निजी मेडिकल सञ्चालकले यसविषयमा थप तर्क गरिराख्न पदैन,’ उनले भने, ‘सरकारले निर्णय गरेपनि लागू नुहने अवस्था बनिरहेको छ। त्यसमा सरकारले कार्यावन्यन गर्ने पक्षलाई के गर्ने हो त्यसमा सोच्न जरूरी छ।’
निजी मेडिकल सञ्चालकले सेवामुलकभन्दा पनि व्यापारको हिसाबले मात्रै हेरेको उनले बताए
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया