बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने चेतावनी दिए।
उनले भने, ‘अहिले मैंले समस्याको कुराहरू गरें। तर हामीले समाधान पनि दिनुपर्छ। हाम्रा बाध्यताहरू छन्, एक्लै छैनौँ, सरकारमा छौँ। कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं। हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ। सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन।’
कानून एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै कांग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ।
यस्तै, उनले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होईन नागरिकहरूसँग बसेर संवाद गरेर सुधार गर्दै लैजानुपर्ने पनि बताए।
उनले भने, ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन्। त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन्। नागरिकहरूसँग बसेर संवाद गर्ने हो। सच्चाउनुपर्ने कुरा सच्चाउने हो।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया