बिएल संवाददाता
दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ।
मृत्युु हुनेमा राप्ती गाउँपालिका ८का २७ वर्षीय सुनिल चाैधरी रहेका छन्।
उनी सवार लु ३२ प ७०१४ नम्बरकाे माेटरसाइकललाई पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ५ दाेलै खाेलामा बा २८ च ८६१८ नम्बरको पिकअपले गयराती सवा १० बजे ठक्कर दिएकाे थियाे।
पिकअपकाे ठक्करबाट गम्भीर घाइते भएका चाैधरीकाे लमही अस्पतालमा सवा ११ बजे मृत्यु भएकाे थियाे।
पिकअप चालक रुपन्देही सुद्वोधन गाउँपालिका २ बस्ने बर्ष २४ का आशबिन सुनारको दाहिने आँखामा चोट लागेकाे छ।
उनकाे भैरहवामा उपचार भइरहेकाे छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया