बिएल संवाददाता
लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित हुने भएकाे छ।
संघीय सरकारमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले शिखर सम्मेलन स्थगित गर्न लागेका हुन्। त्यसकाे लागि आज (मंगलबार) बिहान ११ बजे मन्त्री परिषद् बैठक बस्दैछ।
‘केन्द्रमा गठबन्धन परिवर्तनसँगै अब प्रदेशमा पनि खलबल त हुने नै भयाे। त्यही भएर हाेला मुख्यमन्त्रीज्यूले सम्मेलन स्थगित गर्ने निर्णय गर्नु भएकाे छ’, मुख्यमन्त्री चाैधरीकाे सचिवालयले बन्याे।
साेही शिखर सम्मेलनका सम्बन्धमा मुख्यमन्त्री चाैधरीले साेमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए। यद्यपि, त्यसकाे केही घण्टामा नै सम्मेलन स्थगित गर्ने निष्कर्षमा मुख्यमन्त्री चाैधरी पुगेका छन्।
सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने तयारी थियाे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया