दाङमा पहिलो पटक ‘होमस्टे महोत्सव’ सञ्चालन हुँदैछ। राजपुर गाउँपालिका–१ कठबेरुवा वडाभित्र रहेका चौधरी, मगर, गुरुङ, क्षेत्री, दलित समुदाय बसोबास गरेका स्थानमा चैत ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन हुन लागेकाे हाे।
कठबेरुवामा रहेका पाँच होमस्टेहरूको प्रचारप्रसार गर्ने उद्देश्यले होमस्टे महोत्सव गर्न लागिएको वडा अध्यक्ष तथा समाजसेवी सुर्य चौधरीले जानकारी दिए।
महोत्सवमा चौधरी, मगर, गुरुङलगायत अन्य समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत साँस्कृतिक, स्थानीय समुदायको खानपान, भेषभूषा, सिपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएकाे हाे।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा हुँदैछ।
महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको समितिका अध्यक्ष लालबहादुर बुदा मगरले बताए।
महोत्सवको आयोजक होमस्टे महासंघ हुनेछ भने राजपुर गाउँपालिकाकाे आर्थिक सहयोग र पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँके र पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको सहयोग रहनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया