बिएल संवाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ। महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
तर, विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्वसहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन्।
महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन्। तर, पूर्वसहमतिअनुसार नाउपा र जसपाले २-२ मन्त्री पाउने सहमति भएको बताउँदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया