बिएल संवाददाता
रोल्पाको गंगादेव गाउँपालिका-६ देवलटाकुरा बस्ने ४४ वर्षीय कमल वलीलाई १ थान भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वलीले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४२ वर्षीय जय बहादुर खड्कासँग पानीको मुहान सफा गर्ने विषयलाई लिई वादविवाद हुँदा हातपात समेत भएको र वादविवाद पश्चात वलीले आफ्नो घरमा गई भरूवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया