बिएल संवाददाता
दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन्।
दुर्घटनामा कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन्। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
अटोलाई जोगाउन खोज्दा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया