बिएल संवाददाता
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन्।
प्रदेशसभाको आज अपराहन्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेले सर्मथन फिर्ता लिँदै पाँच मन्त्रीले गत असार २० गते नै राजीनामा दिएका थिए।
गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई त्यतिबेला एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाले समर्थन गरेका थिए।
एमालेले समर्थन फिर्ता लिना साथ अहिले महरा अल्पमतमा परेका छन्। कांग्रेस-एमालेबीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन्। भने, दुई दलका कूल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया