
बिएल संवाददाता
चेतनारायण आचार्य नेतृत्वकाे लुम्बिनी प्रदेश सरकारमा एमालेबाट चार जना मन्त्री बन्दैछन्।
सरकारमा सहभागी हुनेहरुकाे नाम मंगलबार टुंगिएकाे र उनीहरुकाे बुधबार बिहान सपथ हुने एक नेताले बताए।
उनकाअनुसार भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सीता शर्मा (चाैधरी) मन्त्री बन्न लागेका हुन्। मन्त्री छनाेटमा महासचिव शंकर पाेखरेल समूह हाबी भएकाे छ।
रुपन्देहीका ढकाल र दाङकी चाैधरी महासचिव पाेखरेल निकट हुन्। भने, गुल्मीका पन्थी प्रदीप ज्ञवालीनिकट हुन्।
त्यस्तै पाल्पाका सारु उपाध्यक्ष विष्णु पाैडेलनिकट हुन्।
महासचिव पाेखरेलसमूह हाबी भएपछि उपाध्यक्ष पाैडेल समूहले मन्त्री छान्न बसेकाे बैठक बहिष्कार गरेकाे थियाे। बैठकमा पाैडेलनिकट नेताहरू लिला गिरी, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, मुख्य सचेतक तुलसी चाैधरी, भाेजप्रसाद श्रेष्ठलगायत सहभागी भएनन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया