बिएल संवाददाता
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीले लुम्बिनी सरकारमा मन्त्री छनाैट सही ढंगले नगरेकाे भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई आपत्तिपूर्णपत्र लेखेका छन्। पुनले बुधबार विज्ञप्ति जारी गर्दै लुम्बिनीमा मन्त्री छनाैटकाे प्रक्रियाप्रति आपत्ति जनाएका हुन्।
‘संघीयता एवम् समावेशीताको मर्म र पार्टीको विधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७को परिच्छेद ४ दफा १३ को ७ (ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिँदै नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका आमसाथीहरूको भावनाविपरीत यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेका छौं,’ पुनले पत्रमा उल्लेख गरेका छन्।
पुनले मन्त्री छनाैटकाे निर्णयलाई पुनर्विचार गर्न नेतृत्वलाई अनुराेध गरेका छन्। ‘अन्यथा वैधानिक प्रकृयाविरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरूसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने कुरा जानकारी गराउँदछु,’ सभापति पुनकाे चेतावनी रहेकाे छ।
एमालेकाे नेतृत्वमा बनेकाे लुम्बिनी सरकारमा बुधबार मन्त्रीमण्ड बिस्तार भएकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया