मेरिल्याण्ड राज्यको बाल्टिमोरमा शुभलक्ष्मी स्मृति कप २०२५ (टी-१० क्रिकेट) आगामी आइतबारदेखि सुरु हुँदैछ। नेपाली समुदायको एकता र सहकार्यको लागि उक्त प्रतियोगिता हुन लागेको शुभलक्ष्मी समाजका अध्यक्ष सुनिल राईले बताए।
कोभिड–१९ को महामारीमा आफ्ना दुवै अभिभावक गुमाएका अध्यक्ष राईले शुभलक्ष्मी समाजको स्थापना २०७७ सालमा गरेका हुन् । यसअघि समाजले नेपालकै सिराहाको गोलबजार नगरपालिकामा शुभलक्ष्मी स्मृति फुटवल कप गरेको थियो। बल्टिमोरमा हुन लागेको दोस्रो संस्करण हो।
दिवंगत पिता श्री शुभलाल राई र माता श्रीमती लक्ष्मी देवी राईले शिक्षा, स्वास्थ्य र सडक बिस्तारजस्तामा सामाजिक काममा सक्रिय थिए। उनका पिताले स्थापना गरेको विद्यालयमा पढेर कैयौ नेपाली संसारभरि छरिएका छन्।
शुभलक्ष्मी स्मृति टी १० क्रिकेट प्रतियोगितामा तिन वटा टिम सहभागी हुनेछन्। मुख्यत बाल्टिमोर मेरिल्याण्ड क्षेत्रमा सक्रिय टिम स्नो लेपार्ड, टिम वाल्टिमोर राइनोज र टिम बाल्टिमोर एथलेटिक क्लब सहभागी हुनेछन्। तिन वटै टिमका क्याप्टेन क्रमश अभिषेक गौतम, दिलबहादुर पटेल र विशप प्रधान छन्।
उक्त शुभलक्ष्मी कपलाई राई एण्ड ब्रोदर्स इन्भेष्टमेन्ट ग्रुप, नमस्ते अमेरिका एल.एल.सी., सुनिल राई कलेक्शन र टिम स्नो लेपार्डले पनि सहकार्य गरेका छन्। सयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया