बिएल संवाददाता
एसीसी मेन्स यू-१६ क्रिकेट ‘इस्ट कप’को पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ।
आइतबार मलेसियामा भएको खेलमा सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो। पहिलो खेलमा नै विजयी नेपालले २ अंक जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भएको छ।
गत महिना सुर्खेतमा सम्पन्न टीबी साह मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा नेपाली टोलीको छनोट गरिएको थियो।
प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता रहेको छ। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो। दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतबार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल ५ जुलाई (असार २१) मा फाइनल हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया