बिएल संवाददाता
आजदेखि बंगलादेशमा साफ यू–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ।
नेपालले आज भुटानसँग खेल्दै साफ यू–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ।
खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ।
यो नेपाल र भुटानको दाेस्राे भेट हाे। दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो।
त्यसअघि आज दिउँसो ३ बजे बंगलादेश र श्रीलंका आमने सामने हुँदैछन्।
बङ्गलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन्। जसमा गत विजेता बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन्।
नेपाली महिला यु–२० मा बिर्सना चौधरी कप्तान रहेकी छन् भने अन्य खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया