बिएल संवाददाता
काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा अभ्यासका क्रममा एक पुरुषको घाँटीमा तीर लागेको छ।
मनमैजुस्थित खेल मैदानको बोर्डमा तीर हान्ने अभ्यासका क्रममा तीर लागेर मनमैजु बस्ने ४१ वर्षीय हरिप्रसाद घर्ती घाइते भएका छन्। उनको घाँटीको दाइने भागमा तीर गाडिएको छ।
घाइते घर्तीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।
सोमबार करिब ३ बजेतिर काठमाडौं-१६, माछापोखरी बस्ने २४ वर्षीय रितिक छन्त्यालले तीर हानेका थिए।
तीर हान्ने रितिकलाई प्रहरी वृत्त, बालाजुले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया