बिएल संवाददाता
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ८-० गोलको जित निकालेको छ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।
नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक-एक गोल गरे।
आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ भने दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो।
नेपालले ५ खेलबाट १२ अंक बटुलेको छ। तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ। नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया